रौतहटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु : इन्जिनले च्यापिएर ज्यान गयो

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २० गते । रौतहटको गढिमाई नगरपालिका वडा नं. ७, धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्याक्टर बिहीबार राति अनियन्त्रित भई खेतमा पल्टिएको थियो।

दुर्घटनामा ट्याक्टर चालक, गौर नगरपालिका वडा नं. ६, सबगढा निवासी २८ वर्षीय रञ्जित साहको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार साहको मृत्यु इन्जिनको भागले च्यापिँदा भएको हो। मृत्यु भएको खबर शुक्रबार बिहान प्राप्त भएपछि प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटाइएको थियो। घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?