सप्तरीमा सवारी दुर्घटनामा ज्यान गुमाएका युवाको मुद्दामा फरार ट्याक्टर चालक पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १७ गते ।  सप्तरी प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जिल्लाको कञ्चनरूप नगरपालिका–३ बरमझियाका ३० वर्षीय त्रिभुवन सदा रहेका छन्।

प्रहरीका अनुसार २०८१ पुस २९ गते कञ्चनरूप नगरपालिका–६ स्थित पौडा खोलाअन्तर्गत कञ्चनपुर–फत्तेपुर सडकखण्डमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा डाक्नेश्वरी नगरपालिका–२ हरिरहा टोलका २१ वर्षीय सुदिपकुमार चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि भारतको दरभंगास्थित अस्पताल लगिएकोमा २०८१ चैत २ गते मृत्यु भएको थियो। घटनापछि फरार रहेका ट्याक्टर चालक सदालाई सोमबार पक्राउ गरी सवारी ज्यान मुद्दामा थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?