आठ महिनामा जनकपुरधामबाट रु ४३ करोड बढीको रासायनिक मल बिक्री

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १७ गते । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको जनाएको छ। सो अवधिमा ८ हजार १५८ मेट्रिकटन युरिया (रु १३ करोड ८७ लाख ६७ हजार ५८०), ६ हजार ३२० मेट्रिकटन डिएपी (रु २९ करोड ७९ लाख ७ हजार) तथा १८८ मेट्रिकटन पोटास (रु ४३ लाख २२ हजार ६७१) बिक्री गरिएको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिए। धनुषा र महोतरीका २७ पालिकामा २१२ आधिकारिक डिलरमार्फत सम्बन्धित पालिकाको सिफारिसमा किसानलाई मल वितरण हुँदै आएको छ।

कार्यालयका अनुसार हाल गोदाममा १ हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेट्रिकटन डिएपी र ३६१ मेट्रिकटन पोटास मौज्दात रहेको छ। चालु सिजनका लागि पर्याप्त मल भए पनि केही पालिकाले छुट्याइएको मल लिन ढिलाइ गरिरहेका छन्। गत आर्थिक वर्षमा रु ३५ करोड बराबरको मल बिक्री भएको थियो भने सीमावर्ती क्षेत्रका किसानले भारतीय सीमाबाट समेत मल खरिद गर्ने गरेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?