जनकपुरधामका अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु हुने
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १६ गते । धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामभित्र अतिक्रमणमा परेका सार्वजनिक तथा मठ–मन्दिरका जग्गा फिर्ता ल्याउने कार्य सरकारले सुरु गर्ने बताएका छन्। बालेन शाह नेतृत्वको सरकारले अघि सारेको १०० कार्यसूचीभित्र भूमि व्यवस्थापनसम्बन्धी कार्यसमेत समेटिएको उल्लेख गर्दै उनले अब अतिक्रमित जग्गा पहिचान गरी फिर्ता ल्याउने प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।
सांसद झाले सामाजिक सञ्जालमार्फत जनकपुरधामका अतिक्रमित जग्गाहरूलाई चाँडै डिजिटाइजेशन गरी व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्। उनका अनुसार जनकपुरधाम क्षेत्रमा करिब दुई हजारभन्दा बढी विघा मठ–मन्दिर तथा सार्वजनिक जग्गा विभिन्न व्यक्तिहरूले कब्जा गरेर राखेको अवस्था छ। नयाँ सरकार गठनसँगै ती जग्गा अतिक्रमणमुक्त हुने अपेक्षा बढेको उनले उल्लेख गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments