गंगासागर पोखरी अतिक्रमण हटाउने अभियान तीव्र, डोजर चलाउँदै संरचना भत्काइयो
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १५ गते । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना हटाउने अभियान तीव्र बनेको छ। गृह, सञ्चार तथा कानुनमन्त्री Fakira Mahato को पहलमा आइतबार बिहानैदेखि पोखरी आसपासका अतिक्रमित क्षेत्रमा डोजर सञ्चालन गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा सुरु गरिएको अभियानले लामो समयदेखि अव्यवस्थित बनेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित र सुन्दर बनाउने लक्ष्य लिएको छ।
स्थानीय प्रशासन, जनपद प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थितिमा संरचना हटाउने क्रममा केहीबेर सामान्य तनावसमेत देखिएको थियो। अभियानको नेतृत्व गरिरहेका मन्त्री महतोले गंगासागरको संरक्षण धार्मिक आस्थासँगै जनकपुरको ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको उल्लेख गरे। यता, अधिकांश स्थानीयले सरकारको कदमलाई स्वागत गरेका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्था बिना हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रशासनले भने सार्वजनिक जग्गामा बनेका अवैध संरचना कुनै पनि अवस्थामा नछाड्ने अडान दोहोर्याएको छ।
कमेन्ट गर्नुहोस्
view comments