कांग्रेस नेता अबधकिशोर साहको हृदयघातबाट निधन
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ११ गते । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातका कारण निधन भएको छ। कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताका अनुसार साहको गएराति निधन भएको हो।
उनको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै रौतहट कांग्रेसले दुःख व्यक्त गरेको छ। नेता साहको निधनप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूले शोक व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments