छठ पर्वको दोस्रो दिन ‘खरना’, व्रतालुहरूद्वारा कठोर उपवास र पूजा
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ९ गते । मिथिलाञ्चलमा मनाइने छठ पर्व अन्तर्गत दोस्रो दिन सोमबार ‘खरना’ विधि गरिँदै छ। पञ्चमी तिथिका दिन व्रतालुहरूले बिहानदेखि निर्जला उपवास बसेर साँझपख नुहाई–धुवाई गरी चोखो वस्त्र धारण गरेर पूजा गर्छन्। यस क्रममा पुरी, गुँड, दूध, अरवा चामलको खीर र केरा चन्द्रमा लाई अर्पण गरिन्छ। चन्द्रदर्शनपछि व्रतालुले खीर तथा अन्य प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। ‘खरना’ लाई पाप नाश हुने दिनका रूपमा समेत लिइन्छ।
यस दिन गाईको गोबरले लिपपोत गरी भूमि शुद्ध पारिन्छ र नयाँ माटोको चुल्होमा खीर पकाउने धार्मिक मान्यता छ। केराको पातमा खीर, दूध, केरा, मूला, पान र सुपारी राखेर छठी माता लाई नैवेद्य चढाइन्छ। धार्मिक विश्वासअनुसार सूर्यदेव को उपासना गरी मनाइने यस पर्वले सुख, शान्ति, सन्तान प्राप्ति, दीर्घायु तथा रोगबाट मुक्ति दिलाउने जनविश्वास छ। सूर्य पुराण अनुसार प्राचीनकालमा अनुसुइयाले सुरु गरेको यो व्रत आजसम्म निरन्तर चल्दै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments