मुम्बईमा बिहार दिवसलाई लिएर चर्किएको विवाद : नीतीश कुमार vs राज ठाकरे
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत ८ गते । सन् २०१२ मा बिहार दिवस मुम्बईमा मनाउने निर्णयपछि ठूलो राजनीतिक विवाद उत्पन्न भएको थियो। नीतीश कुमार नेतृत्वको सरकारले पटना मात्र होइन, मुम्बई मा पनि भव्य कार्यक्रम गर्ने घोषणा गरेपछि महाराष्ट्र नवनिर्माण सेना का प्रमुख राज ठाकरे ले कडा विरोध जनाएका थिए। उनले बिहार दिवस कार्यक्रम रोक्न चेतावनी दिँदै नीतीशलाई मुम्बई प्रवेशमै अवरोध गर्ने धम्की दिएका थिए। जवाफमा नीतीशले ‘मलाई मुम्बई जान भिसा चाहिँदैन’ भन्दै प्रतिवाद गरेपछि विवाद झनै चर्किएको थियो।
विवाद उत्कर्षमा पुगेपछि बालासाहेब ठाकरे ले आफ्नै भतिजा राज ठाकरेको विरोध गर्दै नीतीश कुमारको समर्थन गरेका थिए र उनलाई ‘विकास पुरुष’को संज्ञा दिएका थिए। त्यसैगरी शरद पवार ले पनि सांस्कृतिक कार्यक्रमको विरोध गर्न नहुने बताएका थिए। अन्ततः तनाव कम भएपछि १५ अप्रिल २०१२ मा नीतीश कुमार मुम्बई पुगेर कार्यक्रम उद्घाटन गर्न सफल भए। कार्यक्रममा हजारौँ बिहारवासी सहभागी भएका थिए भने मनोज तिवारी र उदित नारायण ले प्रस्तुति दिएर माहोल उत्साहपूर्ण बनाएका थिए।
कमेन्ट गर्नुहोस्
view comments