लहान–२४ मा वडा कार्यालय भवन निर्माण सुरु, ग्रामीण सेवामा सहजता आउने अपेक्षा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ५ गते ।  लहान नगरपालिका वडा नं. २४ मा वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ। वडावासीहरूको दैनिक प्रशासनिक सेवा सहज बनाउन नगरपालिकाले कार्यालय नभएका वडाहरूमा भवन निर्माणलाई तीव्रता दिएको हो। नगरप्रमुख महेश प्रसाद चौधरी का अनुसार हालसम्म १९ वटा वडा कार्यालय निर्माण भइसकेका छन् भने बाँकी पाँच वडाका भवनहरू यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वडा नं. १, १३, १६ र २४ का भवन निर्माण कार्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

सहरी क्षेत्रबाट करिब १० किलोमिटर टाढा पर्ने ग्रामीण भेगमा अवस्थित वडा नं. २४ मा करिब पाँच हजार स्थानीयले सेवा पाउने अपेक्षा गरिएको छ। मल्हन गाउँमा निर्माण हुने उक्त भवन २०८३ माघ १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसको लागत करिब ५९ लाख २५ हजार रुपैयाँ रहेको छ। वडाध्यक्ष रासलाल राय का अनुसार यस क्षेत्रलाई सहरी भागसँग जोड्न सर्रे खोलामा पुल निर्माण तथा पिच सडक विस्तार पनि प्राथमिकतामा राखिएको छ। यी पूर्वाधार निर्माणसँगै मानिकदह पर्यटकीय क्षेत्रको विकास र स्थानीय कृषिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?