मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो : बर्दिबासमा १४ जनाको ७–८ करोड बाँकी

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ५ गते । पूर्व–पश्चिम रेल्वे आयोजनाको बर्दिबास खण्डमा मुआब्जा विवादका कारण काम ठप्प भएको छ। बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले निर्माण कार्य रोकिएको हो। भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरीको भङ्गाहासम्म रेल सञ्चालनमा आए पनि मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम प्रभावित भएको छ।

रेल विभागले १४ जनालाई कुल ७ देखि ८ करोड रुपैयाँ मुआब्जा तिर्न बाँकी रहेको जनाएको छ। विभागले रकम निकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको छ। पीडितहरूले पटकपटक मुआब्जाका लागि रेल विभागमा धाइराखे पनि सुनुवाइ नभएपछि काम रोक्ने चेतावनी दिएका थिए। अन्ततः उनीहरूले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन्। यसले आयोजनाको समग्र प्रगतिमा असर पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?