प्रधानमन्त्री कप क्रिकेटको तयारी अन्तिम चरणमा : जनकपुरधाममा उद्घाटन, फाइनल पर्सामा

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ४ गते ।  जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालामा हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ। जिल्ला क्रिकेट सङ्घ धनुषाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत ७ गतेदेखि सुरु हुने प्रतियोगिताको सबैजसो तयारी सम्पन्न भएको जानकारी दिइएको छ।

प्रतियोगितामा नेपालका सात प्रदेशका सात टोली तथा तीन विभागीय गरी कुल १० टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष गुड्डु पाण्डेले बताए। उद्घाटन खेल जनकपुरधामको रङ्गशालामा हुनेछ भने फाइनल खेल पर्साको नारायणी रङ्गशालामा आयोजना गरिनेछ। प्रतियोगिताअन्तर्गत १९ खेल नारायणी रङ्गशालामा र १० खेल काठमाडौँमा हुने अध्यक्ष पाण्डेले जानकारी दिए। यस प्रतियोगिताले क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?