कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सम्पूर्ण सेवा स्थगित

17 घन्टा पहिले प्रकाशित

 

जनकपुरधाम, फाल्गुन १० गते । गौर नगरपालिकामा जारी अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालतले आज प्रदान गर्ने सम्पूर्ण सेवा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहट, गौरको फागुन ९ गतेको निर्णयअनुसार अर्को आदेश नआएसम्म नगर क्षेत्रमा कर्फ्यु लागू गरिएको छ, जसअनुसार व्यक्ति आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

अदालतका शाखा अधिकृत तिलकुमारी ढकालले सूचना जारी गर्दै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आजका लागि अदालतका सबै सेवा बन्द गरिएको जानकारी दिनुभएको छ। अदालत प्रशासन शाखाका अनुसार सुरक्षा अवस्था सहज नभएसम्म नियमित सेवा सञ्चालन गर्न नसकिने भएकाले सम्बन्धित सबै सेवाग्राहीलाई यसबारे सूचित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?