जनकपुर–अयोध्या सिधा हवाई उडानको पहल, धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ योजना

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित भारतको राम मन्दिरसँग सिधा हवाई उडान सञ्चालन गर्ने पहल थालिएको बताएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनकपुर–अयोध्या धार्मिक सम्बन्धलाई संस्थागत गर्दै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने योजना अघि बढाइएको जानकारी दिए। प्रदेश सरकारले रामायण सर्किट र सीता सर्किटलाई जोड्ने दीर्घकालीन रणनीति तयार पारिरहेको उनले बताए।

उनका अनुसार जनकपुर र अयोध्याबीच हवाई सेवा सञ्चालन हुन सके दैनिक सयौँ भारतीय दर्शनार्थी माता सीताको दर्शनका लागि जनकपुर आउने विश्वास गरिएको छ, जसले समग्र मधेस प्रदेशको आर्थिक तथा पर्यटन विकासमा सकारात्मक प्रभाव पार्नेछ। यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गरी सम्बन्धित निकायसँग समन्वय गरिने तथा जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि संघीय सरकारसँग समेत सहकार्य भइरहेको मुख्यमन्त्री यादवले स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?