मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु, हजारौं श्रद्धालु सहभागि

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ४ गते । मिथिलाको महाकुम्भका रूपमा परिचित १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा सुरु भएको छ। मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तन तथा धार्मिक अनुष्ठानसहित मुख्य डोला निकालिएपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ भएको हो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूको उपस्थितिमा डोला प्रस्थान गराइएको यस यात्रामा हजारौं श्रद्धालु सहभागी भएका छन्। १३३ किलोमिटर दूरी तय गर्ने परिक्रमा नेपाल र भारतका विभिन्न धार्मिक स्थल हुँदै १५ दिनसम्म सञ्चालन हुनेछ।

कचुरीबाट सुरु भएको यात्रा आज साँझ हनुमानगढी, जनकपुरधाममा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको छ। अठारौँ शताब्दीदेखि निरन्तर चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित मानिन्छ, जसअनुसार मन, वचन र कर्मले परिक्रमा गरे पाप नष्ट हुने, मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै आएको यस धार्मिक यात्राको समापन जनकपुरधाममा अन्तर्गृह (पञ्चकोशी) परिक्रमा सम्पन्न भएपछि हुने परम्परा रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?