मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ३ गते ।  रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको ज्यान गएको छ। बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिक अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जना गम्भीर घाइते भएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी २२ वर्षीया श्रीमती पुनम देवी साहको उपचारका क्रममा प्रादेशिक अस्पताल गौर मा मृत्यु भएको प्रहरीले जनाएको छ। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका दम्पतीलाई तत्काल अस्पताल लगिए पनि बचाउन नसकिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र शव अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?