धनुषामा पहिचान नखुलेको तेस्रो लिङ्गीको शव फेला
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २८ गते । धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ। बुधबार जनकपुर–यदुकाहा सडकखण्ड अन्तर्गत बेलौनी र पौडेश्वरबीचको क्षेत्रमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमले पहिचान नखुलेको तेस्रो लिङ्गीको शव फेला परेको बताए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। प्रारम्भिक निरीक्षणमा शरीरमा बाहिरी घाउचोट नदेखिए पनि घाँटीमा निलडाम देखिएको छ। घटनास्थलको मुचुल्का उठाइएको र आवश्यक प्रमाण सङ्कलन कार्य भइरहेको प्रवक्ता बमले जनाए। घटनाको प्रकृति र कारणबारे अनुसन्धान सुरु गरिएको छ। शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन प्रहरीले थप छानबिन गरिरहेको छ। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।
कमेन्ट गर्नुहोस्
view comments