धनुषाका हंसपुर नगर प्रमुख प्रदीपकुमार यादवको निधन
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ २७ गते । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको सोमबार राति निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको हो। करिब ५५ वर्षीय यादव नेपाली कांग्रेसबाट हंसपुर नगर प्रमुखमा निर्वाचित हुनुहुन्थ्यो।
गत बिहीबार राति मस्तिष्कघात भएपछि उहाँलाई जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो। नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारका अनुसार यादवलाई उच्च रक्तचापका कारण मस्तिष्कघात भएको थियो। उहाँको अकस्मात् निधनले स्थानीय तहको नेतृत्व तथा कांग्रेस परिवारमा शोकको छायाँ परेको छ।
स्वर्गीय यादवका परिवारजन तथा शुभचिन्तकहरूमा गहिरो समवेदना छ। उहाँको आत्माले शान्ति पाओस्।
कमेन्ट गर्नुहोस्
view comments