विन्धीमा नौदिने श्रीमद्भागवत महापुराण कथा तथा अष्टजाम कार्यक्रम सम्पन्न हुने तयारीमा
1 दिन पहिले प्रकाशित
संतोष कुमार मिश्र
जनकपुरधाम, माघ १६ गते । विश्व कल्याणको कामनासहित जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २३, विन्धीमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण कथा साप्ताहिक तथा अष्टजाम चौबीस घण्टा (दुई दिवसीय) गरी जम्मा नौदिने धार्मिक कार्यक्रम शनिबार सम्पन्न हुने तयारीमा पुगेको छ।
श्री श्री १०८ श्री बाबा हनुमान दासको आयोजना तथा दिगम्बर झा, शैलेन्द्र चौधरी, सन्तोष कुमार मिश्र, संजित झा, बुधन, जुगेश्वरलगायत समस्त विन्धी गाउँवासीको सहयोगमा माघ ९ गतेदेखि सुरु भएको उक्त भव्य धार्मिक अनुष्ठानमा कथा वाचक आचार्य श्री ओमप्रकाश तिवारी (महाराज जी) ले श्रीमद्भागवत महापुराण कथा वाचन गर्नुभएको छ।
कार्यक्रममा आचार्य श्री राहुल तिवारी, आचार्य श्री गुंजेश तिवारी, आचार्य श्री विवेक तिवारी, आचार्य श्री अमन तिवारी, आचार्य श्री आकाश पाण्डे तथा आचार्य श्री आदित्य उपाध्याय साधक (राधेराधे) ले सह–वाचकका रूपमा सहभागिता जनाउनुभएको छ। साथै पुज्य गुरुदेव श्री शिवनाथ प्रसाद सिंहको मार्गदर्शनमा धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ।
कार्यक्रमलाई सफल बनाउन बबन सिंह, संजिव सिंह, सुजित कुमार, रविन्द्र भगत, रविरंजन (बाल कलाकार), कृष्णाराज (बाल कलाकार), अमरजित कुमार (पैडवाला), संजित पटेल (कोरस) र दिपु कुमार पाण्डे (नालवाला) लगायतको सक्रिय सहयोग रहेको आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम शनिबार विशेष पूजाआजा, हवन र प्रसाद वितरणसँगै भव्य रूपमा सम्पन्न गरिनेछ।

_1769766765_1.jpeg)
_1769766765_2.jpeg)

कमेन्ट गर्नुहोस्
view comments