रौतहटमा पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको निधन

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १४ गते ।  मधेश प्रदेश सभाका पूर्व सदस्य तथा नेपाली कांग्रेसका पुराना नेता नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ। ७३ वर्षीय सिन्हाको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो। उहाँका श्रीमती तथा ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीले यो जानकारी दिनुभएको छ। २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका सिन्हा तत्कालीन प्रदेश नं. २ का सांसद थिए।

ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हा साबिक औरैया गाउँ विकास समितिको दुई कार्यकाल अध्यक्ष पनि रहनुभएको थियो। जीवनको अन्तिम समयसम्म गाउँ, समाज र क्षेत्रको सेवामा समर्पित रहनुभएका उहाँ सरल, मिलनसार र जनमुखी स्वभावका कारण स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। सामाजिक विकास, जनसरोकारका विषय र क्षेत्रीय उत्थानमा उहाँले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको स्थानीय किशोरी यादवले बताउनुभयो। उहाँको निधनले समग्र रौतहट जिल्लालाई शोकमा डुबाएको छ। विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सर्वसाधारणले उहाँप्रति गहिरो श्रद्धाञ्जलि र दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?