भारतले मनायो ७७औं गणतन्त्र दिवस: विकसित भारतको संकल्प दोहोर्याउँदै मोदी
1 महीना पहिले प्रकाशित
एजेन्सी, माघ १२ गते । भारतले आज जनवरी २६, २०२६ मा आफ्नो ७७औं गणतन्त्र दिवस भव्यतापूर्वक मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई हार्दिक शुभकामनाहरू दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, 'सबै देशवासीलाई गणतन्त्र दिवसको हार्दिक बधाई। यो महापर्व भारतको आन-बान र शानको प्रतीक हो, जसले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा र उत्साह भर्न सकोस्। विकसित भारतको संकल्प अझ मजबुत होस्।' उनले संविधान लागू भएको ७६ वर्ष पूरा भएको अवसरमा स्वतन्त्रता, लोकतन्त्र र एकताको महत्व जोड्दै २०४७ सम्म विकसित राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता दोहोर्याएका छन्।

कमेन्ट गर्नुहोस्
view comments