मधेश प्रदेश प्रमुखसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते ।  मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेले आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ। नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको उक्त वार्षिक प्रतिवेदन बिहीबार प्रदेश प्रमुख कर्णसमक्ष पेस गरिएको हो।

प्रतिवेदनमा सो आर्थिक वर्षको अवधिमा आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहबीच प्राकृतिक स्रोतको बाँडफाँट, वित्तीय समानीकरण, राजस्व बाँडफाँट र वित्तीय अनुशासनका क्षेत्रमा गरेका कार्य, नीतिगत सिफारिस तथा प्रगति विवरण समेटिएको आयोगको कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?