बालेन शाहले सहिद रमेश महतोको सालिकमा माल्यार्पण : मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ ५ गते ।  काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) ले मधेस आन्दोलनका सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन्। बलिदानी दिवसको अवसरमा उनले मधेस आन्दोलनका सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यसअघि आज बिहानै बालेन जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका थिए। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए। मन्दिर दर्शनपछि उनी सहिद रमेश महतोको सालिकमा पुगेर श्रद्धासुमन अर्पण गरेका हुन्।

बालेनको यो कदमले मधेस आन्दोलनका सहिदहरूप्रति सम्मान र एकताको सन्देश दिएको छ। जनकपुरधाममा उनको उपस्थितिले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?