कोशी प्रदेशको अन्तरक्रिया जनकपुरमा सम्पन्न
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ १ गते । कोशीको गौरव, हिमालको शान पर्यटन वर्षमा सबैलाई सम्मान नारा बोकेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा जनकपुर स्थित वेलकम होटलमा अन्तर प्रदेश पर्यटन प्रवद्र्धन सम्बन्धी सद्भावना भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश पर्यटन वर्ष २०८२को सचिवायलय आयोजनामा उक्त कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशका पर्यटन व्यवसायी एवम् अभियानीहरुको उपस्थिती रहेको थियो ।
कोशी प्रदेशमा भएका पर्यटनका सम्भावना र पुर्वाधारको प्रचार प्रसार गरि देशभरि कै सद्भावना भ्रमणमा निस्केका अभियानिहरुले मधेश प्रदेश संग कोशी प्रदेशको पर्यटन लिंकेज गर्न सके दुवै प्रदेशको लागि फलदायी हुने विश्वास गरिएको छ ।

कोशी प्रदेशको तर्फ बाट अभियानीहरु कृष्ण साह, भवेश श्रेष्ठ, कोशी प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष राजन दंगाल, कोशी प्रदेश पर्यटन मन्त्रालयका सह–सचिव सहितको टोलीहरुले कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तब्यहरुको बारेमा प्रकाश पारेका थिए । कोशी प्रदेशको पर्यटन सम्बन्धि डकुमेन्ट्री समेत प्रसारण गरेका थिए ।
यता मधेश र मिथिलाको पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको बारेमा होटल एशोसिएसन नेपाल मधेश प्रदेशका महासचिव दिपेन्द्र पराजुली, होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष रुपेश सिंह, नाटा मधेश प्रदेशका महासचिव सुर्दशन काफले, हानका केन्द्रिय सदस्य विजय झुनझुनवाला , अभियानीहरु सुरेश शर्मा , सन्तोष साह, दिप नारायण मण्डल लगायतकाले आफनो विचार प्रस्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments