राजविराजमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ १ गते । सप्तरीको राजविराज नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

राजविराज नगरपालिका वडा नम्बर–६ लिल्जा टोलस्थित भित्री सडक खण्डमा बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको हो।

नाम–ठेगाना नखुलेका करिब ६० वर्षीय पुरुष पुस २५ गते कठ्याङ्ग्रिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि भर्ना गराएको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको हो। मृतकको हालसम्म पहिचान खुल्न नसकेकाले आवश्यक प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?