माघ १७ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः अनिश्चितकालका लागि स्थगित
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १६ गते ।
राष्ट्रियसभाको बैठक पुन अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।
यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments