प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन १५ दिनको समयसीमा
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी प्रथम पटकको सार्वजनिक सूचनामा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र महोत्तरी जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार धनीहरूले आफूसँग रहेका विभिन्न किसिमका हातहतियारहरू नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अनिवार्य रूपमा बुझाउन सूचित गरिएको छ।
सूचनामा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन अवधिमा हातहतियारको दुरुपयोग रोक्न यो कदम चालिएको हो। यसरी बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ र तिनलाई सुरक्षित रूपमा राखिनेछ।’
तोकिएको समयसीमाभित्र हातहतियार नबुझाउने वा अटेर गर्नेहरूलाई प्रचलित कानुनअनुसार हातहतियार जफत गरी कानुनी कारबाही अगाडि बढाइनेछ।
महोत्तरीमा प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र छन्। जिल्लामा कुल चार लाख ३१ हजार २८२ मतदाता छन् भने २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएका छन्। यो कदमले निर्वाचनमा कुनै पनि प्रकारको हातहतियारको प्रयोगबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
_jehRslH1QK_1768290144_0.png)
कमेन्ट गर्नुहोस्
view comments