खडक नगरपालिकामा पिकअपको ठक्करबाट वृद्ध साइकल यात्रीको मृत्यु

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष २८ गते । सप्तरीको खडक नगरपालिकामा पिकअप गाडीको ठक्करबाट एक वृद्ध साइकल यात्रीको मृत्यु भएको छ। नगरपालिका–५ खरचुईया स्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ भएको दुर्घटनामा सोही नगरपालिका–३ निवासी ७९ वर्षीय लखन ठाकुर गम्भीर घाइते भएका थिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअप गाडीले उत्तरबाट दक्षिणतर्फ सडक पार गरिरहेका ठाकुरलाई ठक्कर दिएको हो। घाइते ठाकुरलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान सिरहा लगिएकोमा उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। दुर्घटनामा संलग्न पिकअप गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?