मिथिला नगरपालिकामा ऐलानी जग्गा विवाद : प्रहरीद्वारा १६ राउन्ड अश्रुग्यास प्रहार
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २७ गते । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोपमा स्थानीय र आश्रमबीच विवाद हुँदा प्रहरीले १६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। विवाद उग्र बन्दै गएपछि नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरीले ११ राउन्ड अश्रुग्यास प्रयोग गरेको धनुषाका प्रहरी प्रमुख एसपी रुगम कुँवरले जानकारी दिएका छन्।
१० कट्ठा ऐलानी जग्गाको नापी प्रक्रियाका क्रममा उत्पन्न विवादमा ढुङ्गामुढा हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। घटनापछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडकखण्डको महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। दुवै पक्षबाट केही व्यक्तिहरू सामान्य घाइते भएका छन् भने अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments