नेकपाका संयोजक प्रचण्ड : प्रतिनिधिसभा निर्वाचनमा कुनै गठबन्धन हुँदैन, एक्लै लड्छौं

4 दिन पहिले प्रकाशित

काठमाडौं, पुष २३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्। मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनको कुनै छलफल नभएको र नहुने बताए। भारत भ्रमणअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाटमा पनि गठबन्धनको कुरा नउठेको उनको भनाइ थियो। ‘घेटघाट विभिन्न कामका लागि हुन्छ, तर गठबन्धन भएको छैन र हुँदैन पनि,’ प्रचण्डले भने। उनले नेकपा एक्लै चुनाव लड्ने अडान व्यक्त गरे।

प्रचण्डले रवि लामिछाने र बालेन शाहलगायतको सम्भावित गठबन्धनबाट आफूहरू नडराएको बताए। ‘हामी रवि–बालेनको गठबन्धनबाट बिल्कुल डराएका छैनौं। रविलाई मैले नै दुई पटक गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न आइतबार पर्खनुपर्दैन,’ उनले भने। यो अभिव्यक्तिले नेकपाले स्वतन्त्र तथा नयाँ शक्तिहरूलाई चुनौतीका रूपमा नलिएको सङ्केत गर्छ।

भारत भ्रमणको सन्दर्भमा प्रचण्डले प्रवास कमिटीको एकता सभामा सहभागी हुन मुख्यतः दिल्ली गएको स्पष्ट पारे। त्यहाँ भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूसँग भेटघाट र स्वागत भएको तर कुनै औपचारिक राजनीतिक छलफल नभएको उनको भनाइ थियो। ‘पार्टी एकतापछि सबै प्रदेशमा एकता सभा राखेका छौं। दिल्लीमा पनि त्यही कार्यक्रम थियो,’ उनले भने। यो भ्रमणलाई लिएर उठेका राजनीतिक अड्कलबाजीहरूलाई उनले खारेज गरेका छन्। यो अभिव्यक्तिले नेकपाको एक्लै चुनाव लड्ने रणनीति स्पष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?