गोरखापत्रकर्मी ईश्वरचन्द्र झालाई मातृशोक

7 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष १८ गते । गोरखापत्र दैनिकका पत्रकार ईश्वरचन्द्र झालाई मातृशोक परेको छ । उहाँकी आमा इन्दुदेवी झाको ८१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । पारिवारिक स्रोतका अनुसार धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो ।

स्वर्गीय झाको बिहीबार नै स्थानीय परम्परा अनुसार अन्त्येष्टि (दाहसंस्कार) गरिएको छ । उहाँका दुई छोरा र तीन छोरी रहेका छन् । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?