बिहारमा ९ विधायकलाई राज्यमन्त्री दर्जा

1 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १५ गते ।  बिहारको नीतीश कुमार सरकारले एनडीएका ९ जना विधायकलाई राज्यमन्त्री दर्जा प्रदान गरेको छ। मुख्यमन्त्री नीतीश कुमारले चयन गरेका यी विधायकहरूलाई विधानसभा अध्यक्ष डा. प्रेम कुमारले आधिकारिक स्वीकृति प्रदान गरेको संसदीय कार्य विभागले जनाएको छ। जदयूका वरिष्ठ नेता श्रवण कुमारलाई सत्तारूढ दलको मुख्य सचेतक र भाजपाका विनोद नारायण झालाई उपमुख्य सचेतक नियुक्त गरिएको छ।

मुख्य सचेतकलाई मन्त्रिपरिषद् स्तरको र उपमुख्य सचेतक तथा अन्य सचेतकहरूलाई राज्यमन्त्री स्तरको दर्जा प्रदान गरिएको छ। राज्यमन्त्री दर्जा पाउने अन्य सचेतकहरूमा कृष्ण कुमार ऋषि, मंजीत कुमार सिंह, राजू तिवारी, सुधांशु शेखर, कुमार शैलेन्द्र, रामविलास कामत, अरुण मांझी र गायत्री देवी रहेका छन्। यो नियुक्ति डिसेम्बर १५ देखि प्रभावकारी हुनेछ। श्रवण कुमार पहिले नै मन्त्री पदमा रहेकाले उनलाई अलग सुविधा उपलब्ध गराइने छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?