वीरगन्जः सामाजिक सञ्जालको प्रेमजालमा परी २४ युवती उद्धार

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुष १४ गते । सामाजिक सञ्जालमार्फत भारतीय युवकहरूको प्रेमजालमा परी गन्तव्य र सम्पर्क व्यक्तिको जानकारी नभएका २४ नेपाली युवतीलाई माइती नेपालले वीरगन्ज नाकाबाट उद्धार गरेको छ। सन् २०२५ मा उद्धार गरिएका कुल १६३ जनामध्ये अधिकांश सामाजिक सञ्जालको प्रयोग गर्दा प्रेमजालमा परी परिवार त्यागेर भागेका युवतीहरू रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख तथा सुपरिवेक्षक गोमा पौडेलले जानकारी दिनुभयो।

उद्धार गरिएकामध्ये सबैभन्दा बढी ३६ जना सानै उमेरमा प्रेमजालमा परी भागेका, ३२ जना भारतको नेटवर्किङ कम्पनीमा काम गर्न भन्ने बहानामा हिँडेका र २४ जना गन्तव्यको जानकारी नभएका रहेको तथ्यांकले देखाएको छ। माइती नेपालले विगत पाँच वर्षमा वीरगन्ज नाकाबाट मात्र ७९९ नेपाली महिला तथा युवतीलाई मानव बेचबिखन र यौन शोषणबाट बचाएको छ। उद्धार गरिएकामध्ये ४० जना १८ वर्षमुनिका रहेको माइती नेपालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?