चितवन हात्ती महोत्सवः पर्यटन र संरक्षणको सेतु

17 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष १४ गते ।  हात्तीको राजधानी मानिने सौराहामा १९औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सम्पन्न भएको छ। पुष ११ देखि १३ गतेसम्म आयोजित यस महोत्सवले चितवनको पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्। सन् २००४ मा हात्ती दौड प्रतियोगिताका रूपमा सुरु भएको यो कार्यक्रम अहिले चितवनको पर्याय र अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित भएको क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष माधव दुवाडीले बताउनुभयो।

पशु अधिकारकर्मीहरूको विरोधपछि महोत्सवलाई थप हात्तीमैत्री बनाउँदै लगिएको महासचिव महेश खनालले जानकारी दिनुभयो। यसपालिको महोत्सवमा हात्ती वनभोज, छावाको पेनाल्टी सुटआउट, हात्ती सुन्दरी प्रतियोगिता र हात्तीको पूजा जस्ता कार्यक्रम आयोजना गरिएको थियो। यो महोत्सवले अफ सिजनमा समेत सौराहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको आयोजकको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?