एक महिनाभित्र सबै पालिकालाई स्थायी कर्मचारीको अभिलेख अद्यावधिक गर्न मधेश सरकारको निर्देशन

24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष १३ गते । मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका सबै स्थानीय तहलाई एक महिनाभित्र स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा पालिकाहरुलाई पद तथा सिटरोल दर्ता, कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन समयसीमा तोकेको हो ।

कार्यालयका उपसचिव रोहितकुमार कोइरालाका अनुसार हालसम्म पालिकामा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा नआएकाले अभिलेख व्यवस्थापनमा कठिनाइ भइरहेको छ । सो समस्या समाधानका लागि सबै पालिकालाई तोकिएको समयभित्र विवरण बुझाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?