छिन्नमस्ता–३ गोविन्दपुरमा आगलागी, दुई लाख ६५ हजार बराबरको क्षति

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष ११ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित मुस्लिम टोलमा बिहीबार राति आगलागी हुँदा दुई लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय मो. रहमद मियाँको टिनको छानो र वरिपरि बाँसको टाटीले घेरिएको एकतले घरमा राति करिब १०ः३० बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका धान २५ मन, चामल १० मन, लत्ताकपडा, भाँडाकुँडा तथा सोफा सेटलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?