राष्ट्रिय मुक्ति पार्टीले सप्तरी–२ र ३ मा उम्मेदवार सिफारिस : राजेन्द्र महतोको नाम चर्चामा
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १० गते । राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट प्राप्त सिफारिसका आधारमा यो निर्णय गरेको हो । क्षेत्र नं. १ र ४ का उम्मेदवार भने पछि सिफारिस गरिने जनाइएको छ ।
**सिफारिस उम्मेदवारहरू** :
- **क्षेत्र नं. २** : राजेन्द्र महतो, केशव झा, संविधानसभा सदस्य महेशप्रसाद यादव र रीणा झा
- **क्षेत्र नं. ३** : चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डल
जिल्ला अध्यक्ष दीपेन्द्रकुमार चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको छ । पार्टीका अध्यक्षसमेत रहेका राजेन्द्र महतो सर्लाही जिल्लावासी हुनुहुन्छ । पछिल्लो निर्वाचनमा गृहजिल्लाबाट पराजित महतोको नाम सप्तरी–२ बाट सिफारिस भएपछि यो निकै महत्त्वपूर्ण मानिएको छ । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभएको थियो ।
यो सिफारिसले मधेशकेन्द्रित दलहरूबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments