राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका ६ जनाले मतदान गरेनन्

4 वर्ष पहिले प्रकाशित

 २०७८ माघ १२ गते  ।

मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा ६ जनाले मतदान गरेनन्।

बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ जनाले मात्रै मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन्। प्याकुरेलले निर्धारित समयमा ६ जनाले नआएकाले अब तिनिहरुले मत खसाउन नपाउने बताए।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन्। त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन्।

मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो। महिला र अन्य तर्फ मतदान भएको हो । अब साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?