जेडीयू र लोजपा (रामविलास) मा कर्पोरेट चन्दा उछाल, चिराग पासवान बने नयाँ रोजाइ

22 दिन पहिले प्रकाशित

एजेन्सी,पुष ९ गते ।  बिहारको राजनीतिमा पार्टी फन्डिङको समीकरण तीव्र रूपमा बदलिँदै गएको छ । नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) ले आर्थिक वर्ष २०२३–२४ मा मात्र १.८१ करोड रुपैयाँ चन्दा पाएकोमा २०२४–२५ मा यो रकम ह्वात्तै बढेर १८.६९ करोड पुगेको छ । लोकसभा निर्वाचन २०२४ मा अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै १२ सिट जितेपछि जेडीयूको विश्वसनीयता उद्योगपति र कर्पोरेट क्षेत्रमा बढेको विश्लेषण गरिएको छ । यही कारण विभिन्न इलेक्टोरल ट्रस्टमार्फत ठूलो रकम पार्टीको खातामा पुगेको हो ।

यता चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (रामविलास) पनि कर्पोरेट जगतको नयाँ रोजाइका रूपमा उदाएको छ । २०२४–२५ मा लोजपा (रामविलास) ले करिब ११ करोड रुपैयाँ चन्दा पाएको छ, जुन अघिल्ला एक दशकको कुल चन्दाभन्दा धेरै हो । लोकसभा निर्वाचनमा पाँचै सिट जित्दै शतप्रतिशत सफलता हासिल गरेपछि चिराग पासवानको राजनीतिक कद बढेको र एनडीएभित्र उनको भूमिकालाई उद्योगी–व्यवसायीले सकारात्मक रूपमा लिएको देखिन्छ । यसले बिहारको आगामी निर्वाचनमा लोजपा (रामविलास) लाई अझ सशक्त शक्ति बनाउने संकेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?