सप्तरीको बोदेबरसाइन नगरपालिकामा सामुदायिक विद्यालय ५ दिन बन्द

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, पुष ९ गते ।  बढ्दो शीतलहरका कारण सप्तरीको बोदेबरसाइन नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालय बुधबारदेखि पुस १३ गतेसम्म (५ दिन) बन्द गर्ने निर्णय गरेको छ । शीतलहरले जनजीवन प्रभावित बनाएको र बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज भएकाले यो निर्णय लिइएको हो ।

नगर प्रमुख आतेशकुमार सिंहका अनुसार केही दिनयता तराई क्षेत्रमा अत्यधिक चिसो बढेको परिस्थितिलाई ध्यानमा राख्दै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालय बन्द गरिएको हो । “चिसोले बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरेका हौं,” नगर प्रमुख सिंहले बताउनुभयो ।

मधेश प्रदेशका अन्य स्थानीय तहहरूले पनि शीतलहरका कारण स्कूल बिदा वा समय तालिका परिवर्तन गरिरहेका छन् । यो निर्णयले अभिभावकहरूलाई राहत दिएको छ तर लामो समयसम्म बिदा हुँदा पठनपाठनमा असर पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?