देशभर मौसम मुख्यतया सफा, तराईमा हुस्सु र कुहिरोको प्रभाव जारी

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ८ गते ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति दुवै समयमा देशभर मौसम मुख्यतया सफा रहनेछ। तर तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?