लालू परिवारले पटना पुगेर गरे मतदान, तेजस्वीको वाचा– १४ नोभेम्बरमा नयाँ सरकार

25 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक २० गते ।  बिहार विधानसभा निर्वाचनको पहिलो चरणअन्तर्गत राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालू प्रसाद यादव, उनकी पत्नी राबडी देवी र छोरा तेजस्वी यादवले आज पटनामा मतदान गरेका छन्। मतदानको क्रममा तेजस्वी यादवकी पत्नी राजश्री यादव र बहिनी मीसा भारती पनि उपस्थित रहेकी थिइन्।

मतदानपछि लालू यादवले यो चुनाव बिहारमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै जनतालाई उत्साहपूर्वक मतदान गर्न आग्रह गरे। महागठबन्धनका मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादवले पनि मतदाताहरूसँग “१४ नोभेम्बरमा बदलाव ल्याऔं, नयाँ सरकार बनाऔं” भन्दै अपिल गरे। मीसा भारतीले मतदाताहरूसँग आफ्ना बालबालिकाको भविष्यलाई ध्यानमा राखी मतदान गर्न आग्रह गरिन्।

यसबीच, मतदानको समयमा परिवारका जेठा छोरा तेज प्रताप यादव अनुपस्थित रहेका थिए। राबडी देवीले दुबै छोरालाई शुभकामना दिँदै भनिन्, “तेज प्रताप पनि आफ्नो बलबुतामा चुनाव लड्दै छन्, म आमा हुँ—दुवैलाई सफलता मिलोस्।” उनले सबै बिहारवासीलाई घरबाट निस्किएर आफ्नो मताधिकार प्रयोग गर्न अपिल गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?