तेजस्वी यादवको नयाँ घोषणा : चार उपमुख्यमन्त्री, महिलालाई वार्षिक ३० हजार र किसानलाई निःशुल्क बिजुली
1 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १८ गते । बिहार विधानसभा चुनाव २०२५ को पहिलो चरणको मतदान ६ नोभेम्बरमा हुने भएको छ। त्यसअघि ४ नोभेम्बर साँझ पाँच बजेदेखि प्रचार अभियान रोकिँदै गर्दा आरजेडी नेता तेजस्वी यादवले नयाँ घोषणाहरू सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलन गर्दै यादवले भने, “यदि महागठबन्धन सरकार बन्न सफल भयो भने बिहारमा चार उपमुख्यमन्त्री हुनेछन्—जसमध्ये एक–एक जना पिछडो र अतिपिछडो वर्गबाट हुनेछन्।” उनले थपे, “महिलाहरूका लागि ‘माई बहन सम्मान योजना’ लागू गरिनेछ, जसअन्तर्गत मकर संक्रान्तिको दिन अर्थात् १४ जनवरीमा प्रत्येक महिलाको खातामा एक वर्षको ३० हजार रुपैयाँ पठाइनेछ।”
तेजस्वीले किसान र कर्मचारीका लागि पनि योजनाहरू घोषणा गरे। उनले भने, “किसानलाई धानको न्यूनतम समर्थन मूल्य (MSP) मा थप ३०० रुपैयाँ र गहुँमा ४०० रुपैयाँ बोनस दिइनेछ। खेतीका लागि बिजुली निःशुल्क गरिनेछ।” साथै, उनले राज्यका प्रहरी र सरकारी कर्मचारीलाई आफ्नै जिल्ला नजिक (७० किमीसम्म) स्थानान्तरण गरिने व्यवस्था गर्ने बताए।
तेजस्वीले थपे, “हामी सत्ता आएपछि पैक्स अध्यक्षलाई ‘माननीय’ को दर्जा दिनेछौं।”
उनका अनुसार, “जनताले अहिलेको सरकारलाई विस्थापित गर्न मन बनाएरै बसेका छन्, महिला, युवा र किसान सबै परिवर्तनका लागि तयार छन्।”
कमेन्ट गर्नुहोस्
view comments