भट्टराईको आह्वान : ‘कांग्रेस र कम्युनिस्ट ब्रान्ड हटाउन जेनजी एकजुट हुनुपर्छ’

3 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक १४ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा पुराना राजनीतिक ब्रान्ड — कांग्रेस र कम्युनिस्ट — लाई जरैदेखि हटाउन जेनजी (GEN Z) पुस्ता एकजुट हुनुपर्ने बताएका छन्।

रास्वपाले शुक्रबार आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै भट्टराईले पटक–पटक जनतालाई ठग्दै सत्तामा पुगेका दलहरूले देशको भविष्य बिगारेको आरोप लगाए। उनले भने, “जेनजी विद्रोहले पुराना संरचनाको जरालाई हल्लाएको छ, तर उखेल्न अझै बाँकी छ। अब नयाँ वैकल्पिक शक्ति र जेनजी समूह मिलेर चुनावी मैदानमा जानुपर्छ, र यसको नेतृत्व जेनजीले नै लिनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?