बिहार चुनाव २०२५ : एनडीएको 'सङ्कल्प पत्र' मा १ करोड रोजगारीदेखि बाढीमुक्त प्रदेशसम्मका २५ प्रतिबद्धता
3 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १४ गते । बिहार विधानसभा चुनाव २०२५ को लागि एनडीएले शुक्रबार 'सङ्कल्प पत्र' नामक घोषणापत्र जारी गर्दै प्रदेशलाई वैश्विक सीप केन्द्र र औद्योगिक हब बनाउने विजन प्रस्तुत गरेको छ। भाजपा प्रदेश अध्यक्ष सम्राट चौधरीका अनुसार यसमा २५ ठूला सङ्कल्प छन्, जसमा १ करोड सरकारी रोजगारी सिर्जना, प्रत्येक जिल्लामा मेगा सीप केन्द्र, कर्पुरी ठाकुर किसान सम्मान निधिबाट वार्षिक ९ हजार लाभ, ७ एक्सप्रेसवे, ३६०० किमी रेल ट्र्याक आधुनिकीकरण र ४ नयाँ सहरमा मेट्रो सेवा, प्रत्येक घरमा १२५ युनिट निःशुल्क बिजुली, ५ लाखसम्म निःशुल्क उपचार र ५० लाख पक्का घर, महिलाका लागि 'महिला मिशन करोडपति' बाट १ करोड महिलालाई लखपति बनाउने, माता जानकीको जन्मभूमि सीतापुरलाई विश्वस्तरीय आध्यात्मिक नगरी विकास, न्यू पटना ग्रीनफिल्ड सिटी र दरभंगा, पूर्णिया तथा भागलपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, AI, टेक्सटाइल, फूड प्रोसेसिङ र फिनटेक जस्ता क्षेत्रमा १ लाख करोडभन्दा बढी लगानी र ५ वर्षमा बाढीमुक्त बिहार तथा 'फ्लड टु फर्च्युन मोडल' बाट विकासका प्रतिबद्धता उल्लेख छन्। मङ्गलबार नै महागठबन्धनले 'तेजस्वी प्रण' नामक घोषणापत्र जारी गरेको थियो, जसमा २५ मुख्य वादाहरू छन्।
महागठबन्धनको 'तेजस्वी प्रण' मा सरकार बन्दा २० दिनभित्र सरकारी रोजगारी दिने अधिनियम, सबै संविदाकर्मी स्थायी र आउटसोर्सिङ अन्त्य, पुरानो पेन्सन योजना पुनरावलम्बन, 'माई–बहिन मान योजना' बाट महिलालाई मासिक २,५०० सहायता, प्रत्येक परिवारलाई २०० युनिट निःशुल्क बिजुली र गरिब परिवारलाई ५०० मा ग्यास सिलिन्डर, प्रत्येक व्यक्तिलाई २५ लाखसम्म निःशुल्क स्वास्थ्य बीमा, प्रतियोगी परीक्षाको फारम शुल्क र यात्रा खर्च माफी, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क ट्याब्लेट र ७० किमी दायरा भित्र नयाँ विश्वविद्यालय, कम्युनिटी मोबिलाइजर दीदीहरूलाई स्थायी दर्जा र मासिक ३० हजार तलब तथा शराबबन्दी कानून समीक्षा र प्रवासी मजदुरका लागि समर्पित विभाग गठन जस्ता वादाहरू छन्। दुवै घोषणापत्र हेर्दा बिहारको चुनावी लडाइँ नारामा मात्र नभई निःशुल्क योजनाहरू र 'रोजगारी बनाम विकास मोडल' को बहसमा केन्द्रित हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments