सीतामढीमा निवर्तमान विधायकमाथि मतदाताको रोष — “पाँच वर्षमा एकपटक पनि दर्शन दिएनन्”

2 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक ७ गते ।  बिहारको सीतामढी जिल्लामा आठवटा विधानसभा क्षेत्र रहेका छन्, जसअन्तर्गत चार क्षेत्रमा भाजपा, दुईमा जेडीयू, र एक–एक क्षेत्रमा राष्ट्रिय लोक मोर्चा र लोजपाका उम्मेदवार मैदानमा छन्। तर उम्मेदवार चयनदेखि जनप्रतिनिधिहरूको कम सक्रियतासम्मका कारण यसपटक धेरै मतदाता असन्तुष्ट देखिएका छन्। विभिन्न स्थानमा मतदाताहरूले आफ्नो क्षेत्रमा पाँच वर्षको कामको हिसाब माग्न थालेका छन्।

बथनाहा सुरक्षित क्षेत्रका भाजपा उम्मेदवार अनिल कुमार, जसले सन् २०२० मा कांग्रेसका संजय रामलाई हराएका थिए, फेरि उम्मेदवार बनेका छन्। तर, यसपटक उनलाई आफ्नै निर्वाचन क्षेत्रमा विरोधको सामना गर्नुपरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा कुमारलाई आफ्नै ससुराल पर्ने डायन कोठी गाउँका मतदाताले घेराबन्दी गर्दै कठोर आलोचना गरेको देखिन्छ। स्थानीयले पाँच वर्षसम्म एकपटक पनि गाउँमा नआएको भन्दै रोष प्रकट गरेका छन्। गाउँको बिग्रिएको सडक र जनसमस्याको बेवास्ता प्रति आक्रोशित मतदाताले भनेका छन्, “जो दरोगालाई फोन गर्न सक्दैन, उसले जनताका समस्या के सुल्झाउने?” आगामी चुनावमा मतदाता मनाउने काम कुमारका लागि कठिन चुनौती बन्ने देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?