सङ्घीय लोकतान्त्रिक मोर्चाको सुझाव — “मुख्यमन्त्री सोनलले सुशासन र भ्रष्टाचारमुक्त मधेसको नेतृत्व गर्नुपर्छ”

24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ३१ गते । सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताका साथ काम गर्न सुझाव दिएको छ। शुक्रबार मोर्चाका तर्फबाट मुख्यमन्त्री सोनललाई बधाई तथा शुभकामना दिँदै सङ्घीयता सुदृढ पार्ने, जनताको आकांक्षा पूरा गर्ने र जेन–जी आन्दोलनका मागहरूलाई व्यवहारिक कार्यमार्फत सम्बोधन गर्न आग्रह गरिएको हो।

मोर्चाका नेताहरूले आगामी दिनमा पनि सातै दलबीच एकता, समन्वय र साझा प्रतिवद्धता कायम रहने विश्वास व्यक्त गरेका छन्। हाल मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तमलोपा गरी सात दल आबद्ध छन्। यही मोर्चाको निर्णयअनुसार लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनललाई मधेस प्रदेशको मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?