तेजप्रताप यादवको सम्पत्ति २०२५ मा २ करोड ८८ लाख — सुनका गहना र आठ मुद्दा पनि हलफनामामा खुलासा
3 महीना पहिले प्रकाशित
एजेन्सी, असोज ३१ गते ।भारतीय नेता तथा आरजेडी अध्यक्ष लालु प्रसाद यादवका जेठा छोरा तेजप्रताप यादवले बिहीबार आफ्नै नयाँ पार्टी जनशक्ति जनता दल (JJD) का तर्फबाट महुवा क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्। नामांकनका क्रममा उनी दिवंगत हजुरआमाको तस्वीर बोकेर पुगेका थिए। निर्वाचन आयोगमा बुझाइएको हलफनामामा उनले २ करोड ८८ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका छन्, जसमा ९१ लाख ६५ हजार चल र १ करोड ९६ लाख अचल सम्पत्ति समावेश छ। पाँच वर्षअघि भन्दा उनको सम्पत्तिमा सानो मात्र वृद्धि भएको छ।
तेजप्रताप यादवका नाममा करिब २०० ग्राम सुनका गहना रहेको र यसको बजार मूल्य करिब २२ लाख रुपैयाँ पुगेको खुलासा भएको छ। हलफनामामा उनले आठवटा आपराधिक मुद्दा आफूविरुद्ध चलिरहेको जनाएका छन्, यद्यपि कुनैमा पनि दोषी ठहर गरिएको छैन। हालै आरजेडीबाट निष्कासनपछि उनले नयाँ राजनीतिक पार्टी गठन गर्दै पुनः महुवा क्षेत्रबाट नै प्रतिस्पर्धा गर्न नामांकन गरेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments