“जनमत पार्टीमा लोकतन्त्र छैन, हैकमवाद हावी” — सतीश कुमार सिंह
11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव रहेको आरोप लगाएका छन्। बिहीबार जनकपुरस्थित सरकारी निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जनमतका अध्यक्ष सिके राउतले पार्टीमा हैकमवादी शैली लादेकाले धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको बताएका हुन्।
सिंहले भने, “राउतज्यूको एकल निर्णयले पार्टीभित्र संवाद र सहकार्य कमजोर भएको छ, जसका कारण धेरै सक्षम नेता र कार्यकर्तामा निराशा छ।” उनले आफ्नो कार्यकालमा सरकार सफल भएको दाबी गर्दै भने, “हाम्रो सरकारको प्राथमिकता विकास र स्थायित्व थियो, तर पार्टी नेतृत्वले पटक–पटक अनावश्यक दबाब सिर्जना गर्यो।”
मुख्यमन्त्री पदबाट राजीनामा दिएर सिंहले अब मधेशको राजनीतिमा “नयाँ विकल्प”को खोजी गर्नुपर्ने समय आएको पनि संकेत दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments