सप्तरीको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना — उपचारका क्रममा महिलाको मृत्यु

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ३० गते । विष्णुपुर गाउँपालिका–१, जमुनीस्थित हुलाकी सडक खण्डमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका–१० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा प्रमोद यादवले चलाइराखेको स.९ प.९०३९ नम्बरको मोटरसाइकल जमुनीस्थित हुलाकी सडक खण्डमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा घाइते विमलादेवीलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो।

तर अवस्था झन् गम्भीर बन्दै गएपछि आर्थिक अभावका कारण परिवारजनले पुनः राजविराज ल्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटनामा घाइते मोटरसाइकल चालक प्रमोद यादवको उपचार जारी रहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?