मधेश प्रदेशमा पाँच दलको संयुक्त दाबी — लोसपाका जितेन्द्रप्रसाद सोनार मुख्यमन्त्रीका लागि सिफारिस

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २९ गते ।  मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) लाई मुख्यमन्त्री बनाउन पाँच दलले संयुक्त रूपमा दाबी प्रस्तुत गरेका छन्। संविधानको धारा १६८(२) अनुसार जनता समाजवादी पार्टी नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनमत पार्टीका ५६ जना प्रदेशसभा सदस्यहरूले सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष औपचारिक दाबी दर्ता गरेका हुन्।

दाबी गर्ने दलहरूमध्ये जसपाका १९, जनमतका १३, लोसपाका आठ, माओवादीका नौ र नेकपा (एस) का सात जना सांसदहरू छन्। सोनल यसअघि मधेश प्रदेश सरकारको पहिलो कार्यकालमा भौतिक पूर्वाधार विकासमन्त्रीका रूपमा कार्यरत थिए। यसअघि नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन एमाले र जनमतले दाबी गरेका थिए भने तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?